२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

बाहिङ किरात मुलुखिमले एम्बुलेन्स किन्ने



काठमाडौं, २१ असोज । बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसतिको नामबाट एम्बुलेन्स किन्ने निर्णय भएको छ । बाहिङ किरात मुलुखिमका अध्यक्ष भुपराज बाहिङको अध्यक्षता बसेको केन्द्रीय कार्यसमिको बैठकले एम्बुलेन्स किन्ने निर्णय गरेको हो ।
उपत्यकामा बाहिङ समुदायको उपस्थिति बढेसँगै आकस्मिक बिरामी हुँदा सहज रुपमा अस्पतालसम्म पु¥याउनको लागि एम्बुलेन्स किन्नु पर्ने आवश्यकता भएको बाहिङ किरात मुलुखिमका अध्यक्ष भुपराज बाहिङले बताए । ‘बाहिङ समुदाय बसोबास गर्ने ठाउँमा सडक यातायातले जोडेसँगै ती बाहिङ बस्तीबाट बिरामीलाई अस्पतालसम्म तत्कालै लैजानको लागि भरपर्दो यातायातको साधन भएकाले एम्बुलेन्स किन्ने निर्णय गरेका हौं’ अध्यक्ष बाहिङले भने ।
एम्बुलेन्स किन्नको लागि कात्तिक २ गते लक्ष्मीपूजाको दिन एवान पार्टीप्यालेस चाबहिल काठमाडौंमा देउसीभैलो खेल्ने कार्यक्रम समेत मुलुखिमले तय गरेको छ । संस्थाले मात्र एम्बुलेन्स किन्न नसक्ने भएकाले देश विदेशमा भएका आम बाहिङ समुदायलाई आर्थिक सहयोग गर्न बाहिङ किरात मुलुखिमका केन्द्रीय महासचिव धिरेन बाहिङले आग्रह गरेका छन् । ‘मुलुखिमले गरेको यो महत्वपूर्ण काममा सबै बाहिङ समुदायले आफ्नै कार्यक्रम ठानी सकेको आर्थिक सहयोग गर्न म तमाम बाहिङहरुलाई विनम्र अनुरोध गर्दछु’ महासचिव बाहिङले भने ।
मुलुखिमले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि बाहिङ समुदायका बिरामीलाई मात्र होइन जुनसुकै समुदायका बिरामीलाई पनि सेवा दिनेछ । तर बाहिङ समुदायका बिरामीलाई पहिलो प्राथमिकता दिइने समेत महासचिव धिरेन बाहिङले बताए ।

 

प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार  ७ : ५३ बजे