जाजरकोट । जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ ।
खत्रीले काँग्रेस र माओवादी (केन्द्र) का साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । खत्रीको पक्षमा ३ सय ६७ मत परेको थियो भने वलीले २ सय ८४ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी भएका छन् । महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी भएका छन् ।
त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा , मंगले बुढाथोकी , खिमबहादुर शाही र विष्णु वली विजयी भएका छन् । जनजाति सदस्यमा गणेशबहादुर थापा , महिला सदस्यमा बन्दना पुन , धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ । अपांग सदस्यमा यसअघिनै काँग्रेस (माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।
२३ आश्विन २०७४, सोमबार
21
Shares






