२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

शान्ति, लोकतन्त्र र अहिंसालाई केन्द्रबिन्दुमा राख्न आग्रह



काठमाडौँ । आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वाभिमान, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र वातावरण संरक्षणलाई केन्द्रबिन्दुमा राख्न आग्रह गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाजले आइतबार प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय स्वाभिमान, जीवन चक्र परिस्थिति सन्तुलन र हिमालय संरक्षण, नदीतटलाई उद्यानको रुपमा विकास, स्वच्छ नेपाल सफा नेपाल र बन्द सदाको लागि बन्दलगायतका विषयमा राजनीतिक दल तथा उम्मेदवारबाट स्पष्ट प्रतिबद्धता गर्नुपर्नेमा जोड दिएका हुन् ।
समाजले सुशासन र पारदर्शिता, युद्ध निषेध ः शान्ति विशेष नीति, लागूऔषध÷मदिरा दुव्र्यसन रोकथाम, समावेशी स्वरुपको सुनिश्चितता र शत्रुताविहीन आचरण र लोकतान्त्रिक मूल्यको जगेर्नामा समेत प्रतिबद्धता जनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार  ३ : १० बजे