अमेरिकामा दर्जनौं पंक्षी एक्कासी सडकमा मृत भेटिए, अनुसन्धान सुरु

0 Shares

अमेरिका, २४ भदौ । अमेरिकाको बोस्टन सहरमाथि उडीरहेका दर्जनौँ चरा एक्कासी बोस्टनको सडकमा खसेपछि म्यासेचुसेटस्का स्वास्थ्य अधिकारीले यसबारे अनुसन्धान अघि बढाएका छन् ।

कालो रङ लामो पुच्छर भएका ४७ वटा ग्याकल नामका चरा बोस्टन नजिकै डोरचेस्टर इलाकामा बिहीबार आकाशबाट खसेका भेटिएको थियो । तिनीहरुमध्ये केही मृत भेटिएका थिए भने केही बिरामी अवस्थामा भेटिएका थिए ।

बोस्टनको एनिमल रेस्क्यु लिगले आफ्नो छिमेकमा चराहरु एक्कासी बिरामी परेर खसेको बताएपछि र उक्त स्थानमा एउटा बिरालो पनि बिरामी भएको पाइएपछि त्यहाँ गएर घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।

मृत भेटिएका चरालाई परीक्षणका लागि टफ्टस विश्वविद्यालयको प्रयोगशालामा पठाइएको छ । रासस/एपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार