२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

छिमेकी फालेलुङका पहिरोपीडितलाई सहयोग



पाँचथर । फालेलुङका पहिरोपीडितलाई याङवरक गाउँपालिकाले ५० हजार नगद सहयोग गरेको छ ।
गत साउनमा परेको अविरल पानीका कारण फालेलुङमा भएको विनाशमा मानवीय सहयोग गर्ने उद्देश्यले राहत सहयोग गरिएको बताइएको छ ।
हालै भएको परिषद्को बैठकले दिने निर्णय गरिएको नगद ५० हजार मंगलबार आयोजित एक कार्यक्रममा गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरेले फालेलुङ गाउँपालिकाका उपप्रमुख हिमा अधिकारीलाई हस्तान्तरण गरेको याङवरक गाउँपालिकाका कार्यकारी अधिकृत डम्बर आङदेम्वेले बताए ।
छिमेकी गाउँपालिकाका पहिरोपीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि राहत रकम हस्तान्तरण गरिएको उननले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार  ३ : ३६ बजे