एक नगरपालिका र चौंसठ्ठी गाविस पूर्ण साक्षर

0 Shares

खोटाङ, २५ भदौ । एक नगरपालिका र दुई गाविसलाई पूर्ण साक्षर घोषणा गरिएपछि अब यहाँका ६४ गाविस र नगरपालिका पूर्ण साक्षर जिल्ला भएका छन् ।
सरकारले तोकेको मापदण्ड पूरा गरेपछि दिक्तेल नगरपालिका तथा बुइपा र च्यास्मिटार गाविसलाई पूर्ण साक्षर घोषणा गरिएको हो । गाविस तथा नगरपालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका सबैले अक्षर चिन्न, लेख्न र पढ्न सक्ने भएपछि पूर्ण साक्षर घोषणा गरिन्छ । सन् २०१७ सम्म नेपाललाई नै पूर्ण साक्षर राष्ट्र घोषणा गर्ने सरकारको योजना अनुरुप जिल्लामा आव २०६६÷०६७ देखि अभियान सुरु गरिएको हो ।

सरकारले तोकेको मितिभन्दा अगावै जिल्लाका सबै गाविस पूर्ण साक्षर हुने जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले जानकारी दिए । “सबै गाविसले अभियानलाई तीव्रता दिएका छन् ।” उनले भने, “बाँकी रहेका गाविसलाई समेत चाँडै मिति तय गरेर घोषणा गर्ने तयारीमा लागेका छौंँ ।”
बहत्तर गाविस र एक नगरपालिका रहेको जिल्लामा दिक्तेल नगरपालिका समेत पूर्ण साक्षर घोषणा भएपछि अब आठ गाविस साक्षर हुन बाँकी छ । क्षेत्र नम्बर–१ का जलेश्वरी, पाथेका, सल्ले, हलेसी, नुनथला तथा २ का दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा र बतासे गाविस घोषणा हुन बाँकी रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मीनबहादुर थापाले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार