२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

राँगादिप काठमाडौं समाजको अध्यक्षमा डम्बर राई

राकासद्धारा सामूहिक देउसी भैलो कार्यक्रम



काठमाडौं । राँगादिप काठमाडौं समाजको अध्यक्षमा डम्बर राई सर्वसम्मत रुपमा चयन भएका छन् । राकासको काठमाडौंमा सम्पन्न तेस्रो साधारण सभाले राईलाई सर्वसम्मत रुपमा अध्यक्षको जीम्मेवारी सुम्पिएको हो ।

राकासको उपाध्यक्षमा तारा राईलाई सर्वसम्मत रुपमा चयन गरेको छ । त्यस्तै सचिवमा महेश राई, सह सचिवमा कृष्ण राईलाई चयन गरेको हो । सदस्यहरुमा प्रेमकुमारी राई, हेमकुमारी राई, अनिता राई, सोमन राई र युवराज राई रहेका छन् ।
राकासको नि. वर्तमान अध्यक्ष दीपक राईद्धारा संस्थाको प्रगति विवरण पेश गरेका थिए । संस्थाले गर्दै आएको सरौ कार्यक्रम, वनभोज, भुकम्प पीडित सहयोग साथै विरामी सहयोग कार्यक्रमको विवरण पेश गरिएको थियो ।
राकासद्धारा सामूहिक देउसी भैलो कार्यक्रम
निवर्तमान सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले राकासलाई सिटामोलको उपमा दिँदै संस्थाले अहिलेसम्म गरेका कामको प्रसंशा गरेका छन् । राकासको सामूहिक देउसी भैलो कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै सुनुवारले काठमाडौंमै भएर पनि ओखलढुंगा जिल्लाको लागि संस्थाले सिटामोलको काम गरेको बताएका हुन् ।

पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा नेकपा एमाले पोलिट व्यूरो सदस्य शेरधन राईले देशले अग्रगामी परिवर्तन गरेको विषेश वर्षको रुपमा यो वर्षलाई सम्झन लायक भएको बताएका छन् । राईले नेपाली जनताले लेखेको संविधान कार्यान्वयन गरेको वर्ष सम्झदै सबै नेपालीलाई बधाई तथा शुभकामना दिए ।
राकासको सल्लाहकार तथा अतिथि लबसिं राईले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना र निवर्तमान कार्यसमितिलाई बधाई दिए । राकासको सामूहिक देउसी भैलो कार्यक्रममा अम्बिर गुरुङले राम्रो कामको लागि सँधै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा समाजसेवामा महत्वपूर्ण योगदान पु¥याए बापत युमा राईलाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी स्नातोकोत्तर उत्तिर्ण विद्यार्थीहरुलाई प्रसंशापत्र समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७४, आइतबार  ८ : ३८ बजे