७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

पूर्वसांसद ढुंगेल पक्राउ



काठमाडौँ । पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ ।
ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार  ८ : १७ बजे