ओखलढुंगा । ओखलढुंगामा संयुक्त वाम गठबन्धनले प्रचार अभियानलाई आक्रामक रुपमा अघि बढाएको छ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त प्रचार अभियानलाई तीब्र बनाएका हुन् । आज गठबन्धनको निर्वाचन क्षेत्र क को अधेरी नारायणस्थान र क्षेत्र ख को कटुञ्जेमा विशास चुनावी सभा सम्पन्न भएका छन् । चुनावी सभालाई अधेरीनारायण स्थाानमा क्षेत्र क का उम्मेदवार अम्बिरबाबु गुरुगंले सम्बोधन गर्नु भएको थियो । संबोधनका क्रममा गुरुगंले आफु कुनै व्यक्तिग स्वार्थका लागि निर्वाचन लडेको नभइ जनताको सेबकको रुपमा काम गर्न आएकाले आफुलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन मतदाताहरुलाई अपिल गर्नुभयो ।
त्यस्तै क्षेत्र ख को कटुञ्जेको सभालाई संघीय प्रतिनिभी सभाका उम्मेदवार नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार र क्षत्रे खका उम्मेदवार ाहेन कुमार खड्काले सम्बोधन गर्नु भएको छ । खड्काले आफु निर्वाचित भए जनताको भरिया भएर आफ्ना क्षेत्रको विकासमा लागि पर्ने बताउनुभयो । उहाँले आफ्ना क्षेत्रका मतदातालाई संघीय प्रतिनिधी सभामा यज्ञराज सुनुवारलाई सूर्य चिन्ह र आफुलाई गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्न अपिल गर्नु भएको छ ।
अहिले क्षेत्र नं. १ र संघीय प्रतिनिधी सभाका उम्मेदवारको संयुक्त आम सभा प्राप्चामा चलिरहेको छ । सभालाई संघीय प्रतिनिधी सभा सदस्यका उम्मेदवार यज्ञराज सुनुवारले सम्बोधन गरिरहनुभएको छ ।
चुनावी सभामा अधेरी नारायस्थानमा नेपाली काँग्रेसका एक दर्जन बढी कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरेका छन् । उनीहरुले काँग्रेसले सर्धै जितेर पनि कुनै विकास गर्न नसकेकाले आफुहरु परिर्वतनका लागि गठबन्धनमा प्रवेश गरेको बताएका छन् । प्रवेश गर्नेहरुमा गजेन्द्र राई, अनित गुरुगं, धनबहादुर गुरुगं, अतिमान राई, मानबहादुर तामागं लगायत रहेका छन् ।
आफ्नो गढबाटै सक्रिय कार्यकर्ताहरु गठबन्धनमा प्रवेश गरेपछि काँग्रेसमा खेलाबैला मच्चिएको छ ।







