लेखनाथमा रिसोर्ट सञ्चालन

7 Shares

पोखरा, १२ भदौ । लेखनाथ नगरपालिकाको वडा नं १७ चिरगादीमा शनिबारदेखि सेती रिभरसाइड रिसोर्ट प्रालि सञ्चालनमा आएको छ ।

स्थानीय सातजना युवाको करिब रु दुई करोडको संयुक्त लगानीमा सो रिसोर्ट सञ्चालनमा ल्याइएको रिसोर्टका अध्यक्ष सरोजराज अधिकारीले बताउनुभयो ।

Phewa_lake,_Pokhara_Hotel.

करिब २० रोपनी जग्गामा फैलिएको सो रिसोर्टमा आउने पर्यटकलाई स्थानीय फार्मबाट उत्पादन भएका कुखुरा, बाख्रा तथा माछाका परिकार खुवाइने अध्यक्ष अधिकारीको जानकारी दिनुभयो ।

रिसोर्टमा सिङ्गल तथा डबल बेडसहितका १० वटा कोठा रहेका छन् भने प्रौढ तथा बच्चाका लागि छुट्टै पौडी पोखरीको समेत व्यवस्था गरिएको छ ।

लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले रिसोर्टको शुभारम्भ गर्नुभएको थियो ।

पछिल्लो समय सहरी कोलाहलमा भन्दा ग्रामीण क्षेत्रहरुमा पर्यटकको आकर्षण बढेको र नदीको किनारमा रहेको रिसोर्टबाट पर्यटकले सेती नदी र हिमशृङ्लाको रमणीय दृश्यावलोकन गर्दै रमाउने गर्ने गरेको पाइएकोे छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार