६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मलेसियामा इलामे युवकको मृत्यु



इलाम । फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।
मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो ।

उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिनुभएको छ । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको जानकारी समेत उनले दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार  ४ : ४३ बजे