राकास साँस्कृतिक साँझमा कल्याणले हँसाए, देबेशले नचाए

काठमाडौं, २६ भदौ । राँगादिप काठमाडौं समाजले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कलाकार तथा लोक गायक कल्यान राईले पेट मिचीमिची हसाएका छन् । चर्चित टेलिसिरियल मेरी बास्सैमा ठूलामुखको भूमिकाबाट परिचित भएका कल्याण राई साँस्कृतिक कार्यक्रमका दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका हुन् ।
rakasa-photo-10
कल्यान राईले दिनप्रतिदिन बढ्दै गइरहेको सामाजिक सञ्जाल र प्रविधिको गलत प्रयोगले बालबच्चाहरु बिग्रने भएकाले यीनीहरुको प्रयोगमा अभिभावकले समय समयमा हेरचाह गर्नुपर्ने प्रहसन मार्पmत देखाएका थिए ।
rakasa-photo-4
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

rakasa-photo-5
राकास साँस्कृतिक कार्यक्रममा यूवाहरुको ढुकढुकी बन्न सफल यूवा गायक देबेश राईले पप गीत गाएर यूवायुवतीहरुको मन जिते । उनले आधा दर्जनभन्दा बढी पप गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । गायक राईले लोक आधुनिक गीत समेत गाएका थिए । राईले लोक आधुनिक गीत गाउँन थालेपछि दर्शकहरु स्टेजमै गएर नाछेका थिए ।
rakasa-photo-13
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

rakasa-photo-11
यता बलबहादुर राई र करुणा राईको यूगल जोडीले दर्शकलाई छमछमी नचाए । दर्शकहरु स्टेजमै गएर गायक र गायिकासँगै नाँचेका थिए । यूगल जोडी राईले बाहिङ भाषाको गीत समेत गाएका थिए ।
rakasa-photo-6
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

rakasa-photo-7
पूर्व मिस राई (२०१२) तथा गायिक युमा राईले प्यारो ओखलढुंगा भन्ने बोलको आफ्नै गीत गाएका थिए । गायिका राईले आपैmले गाएको गीतमा नृत्य समेत प्रदर्शन गरेका थिए ।
rakasa-photo-1
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

राकास साँस्कृतिक कार्यक्रममा गुरुङ सोल्टी, दिनेश राई लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम चाबहिल स्थित एवान पार्टी प्यालेसमा भएको थियो ।
rakasa-photo-3

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार