२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार


रासस

२ मंसिर २०७४, शनिबार  

28
Shares

लमजुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा आज बम प्रहार भएको छ ।
तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा १३ च ३७४२ नं को जिपमा बम प्रहार भएको हो ।

फाईल फोटो ।
बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ । वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसिशहरमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न आउँदै थिए ।

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार  ११ : ५१ बजे