२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

भोजपुरमा फेरि बम आक्रमण, युवा संघ नेता राईको अवस्था गम्भीर


२ मंसिर २०७४, शनिबार  

28
Shares

भोजपुर । अज्ञात समुहले राखेको बम पड्कदा भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ गाउँपालिका कोट गाउापार्टी सचिव ३३ वर्षीय विक्रम राई बम पड्कदा गम्भीर घाइते भएका छन् ।

फाईल फोटो ।
षडानन्द नगरपालिका दिङलाबाट चुनावीसभा सकेर मोटर साइकलमा सदरमुकाम भोजपुर आउादै गर्दा षडानन्द–८ भिरथाप्लामा राखिएको बम पड्किएको प्रहरीले जनाएको छ । बमले लागेर एमाले कार्यकर्ता राईको टाउकोमा गम्भीर चोट लागेको छ । बम प्रहारबाट घाइते भएका राई अचेत अवस्थामा रहेको र उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला पार्टी कार्यालयका सचिव शरणकुमार राईले जानकारी दिए । घटनाका बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक गीतनारायण चौधरीले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार  ११ : ५८ बजे