ओखलढुंगा । ओखलढुंगाका लेखक तथा बुद्धिजीविहरुले एक अपिल जारी गर्दै संघीय प्रतिनिधीसभाको निर्वाचनमा यज्ञराज सुनुवारलाई मतदान गर्न अपिल गरेका छन् । ओखलढुंगा जिल्ला र राजधानीमा रहेर बौद्धिक क्षेत्रमा क्रियाशी नागरिक समाजका अगुवाहरुले यज्ञराज सुनुवारलाई सूर्य चिह्नमा मतदान गर्न अपिल गरेका हुन् । 
उनीहरुले ओखलढुंगाका बुद्धिजिविहरुको तर्फबाट अपिल जारी गर्दै उनीहरुले जिल्लाको विकास निर्माणमा सुनुवारको योगदान, भुकम्प प्रभावित जिल्ला बनाउन खेलेको भुमिका, आफ्नो निर्वाचन क्षेत्र सडक सञ्जालमा जोड्न सफल भएको, अन्तर जिल्ला जोड्ने सडक निर्माणका लागि बजेट विनियोजन गरेको अपिलमा उल्लेख छ । त्यस्तै भुकम्पपछिको उद्धार तथा राहतका लागि एक महिने अभियान संचालन गरेर भत्किएका संरचना हटाउन पार्टी अभियान संचालन लगायतका काम गरेको तथा जिल्लाको शिर झुकाउने काम नगरी स्वच्छ छवि कायम गरेकाले यस पटक संघीय प्रतिनिधि सभामा सुनुवारलाई सूर्य चिन्हमा मतदान गर्न सबै ओखलढुंगाबासीलाई अपिल गरेका छन् ।
यस्तो सुनुवारका पक्षमा जिल्लाबासीलाई मतदान गर्न गरिएको अपिल
‘ओखलढुंगाको भविष्य हामै हातमाः गौरवशाली व्यक्तित्व हाम्रै साथमा’ !
मंसिर १० गते नेपाली जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने दिन तोकिएको छ । संविधान सभाबाट जारी गरिएको नेपालको संविधान २०७२ को मूल कार्यभार स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गर्नु थियो । यसमध्ये स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार जनताको घरदैलोमा आएको छ । संविधान सभाको निर्वाचनबाट चुनिएका सभासदहरुको भुमिकाले एक हद सम्म जनमतको सम्मान भएको छ । संविधानमा सामाजिक न्याय, समावेशिता, सामाजिक आर्थिक रुपान्तरणसहितको समाजवादी दिशाबोध गराउन हाम्रा जनप्रतिनिधिहरुले अथक प्रयास गरे । पहिलो संविधानसभाले संविधान नदिइ विघटन भएपछि जनताको मनमा अनेकाँै आशंका थिए । यी नै आशंकाको जवाफमा ‘संविधान नबनाइ सिंहदरवारबाट बाहिर नआउने’ सामाजिक, आर्थिक कारणले पछाडि परेका महिला, दलित, जनजाति, मधेशी, अपांग, अल्पसंख्यक लगायतका प्रतिनिधित्व तथा शिक्षा, स्वस्थ्य र रोजगारीमा विशेष अधिकारको व्यवस्था सुुनिश्चित गरिएको नेपालको संविधान संसारका प्रगतिशिल, जनपक्षीय संविधानहरुको लहरमा गौरव गर्न लायक दस्तावेज बनेको छ । यसमा महत्वपूर्ण योगदान गरेका सभासद यज्ञराज सुनुवार लगायतका सभासदप्रति हामी गौरव गर्दछौ, उहाँलाई साथ र समर्थन गर्ने जनसमुदाय प्रति आभार प्रकट गर्दछौँ ।
आज संविधानको रक्षा र कार्यान्वयन, तीनै तहको निर्वाचन सम्पन्न गर्ने र संक्रमणकालीन राजनीतिक अस्थिरताको अन्त्य गर्नु पर्ने जिम्मेवारी बाँकी छन् । संकीर्ण जातिवादी, क्षेत्रीयतावादी प्रबृति र विखण्डनकारीका प्रयासलाई परास्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नुछ । तीव्र आर्थिक विकास र न्यायोचित वितरणका माध्यमबाट ‘सुखी जनताः समृद्ध ओखलढुंगा’ बनाउनु छ । भौगोलिक विकटताका कारण विकासमा बामे सर्दै गरेको ओखलढुंगालाई समृद्ध बनाउने लक्ष्य पुरा गर्दै राष्ट्रलाई नै सफलतापूर्वक नेतृत्व दिन सक्ने व्यक्तित्व अहिलेको आवश्यकता हो । यी यावत सवालहरु सम्बोधन गर्न सक्ने जुझारु, संघर्षशील अथक योद्धा, ओखलढुंगे जनताका प्रिय नेता सांसद यज्ञराज सुनुवारलाई प्रतिनिधि सभा सदस्यको रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धनको तर्फकाट साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । हामी यज्ञराज सुनुवार जस्तो कुशल व्यक्तित्वलाई सूर्य चिह्नमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन हार्दिक अपिल गर्दछौं ।
आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु,
ओखलढुंगाको मोलुङ गाउँपालिका वार्ड नं.५ (साविक श्रीचौर–२) मा २०२९ सालमा पिता मान बहादुर र माता मनमाया सुनुवारको कोखबाट जन्मिएर बरुणेश्वर उच्च मावि रामपुरबाट एसएलसी उत्तीर्ण गरी रत्न राज्य क्याम्पस काठमाण्डौँबाट उच्च शिक्षाको अध्ययन सुरु गर्दै राजनीति शास्त्रमा स्नातकोत्तर सम्मको उपाधी हासिल गरेका विद्वान व्यक्तित्व हुन् । माध्यमिक तहको अध्ययनकै क्रममा रेडक्रस जस्तो पवित्र संस्थाको जुनियर सर्कलको सभापति निर्वाचित भई कुशलतापूर्वक नेतृत्व गर्दै २०४५ सालबाट अनेरास्ववियुबाट राजनीतिक जीवन सुुरु गरी स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, सचिव हुँदै आरआर क्याक्पस र महेन्द्ररत्न क्याम्पस ताहचलको सभापति हुँदै त्रिवि परिषदको सभासद र स्ववियु काउन्सिलको संयोजक भई शैक्षिक आन्दोलनको नेतृत्व गरे । अनेरास्ववियुका केन्द्रिय कमिटीको सचिव रहेका सुनुवारले राजा ज्ञानेन्द्रको शासनकालको विरोध गर्दा तीन महिना र शैक्षिक, सामाजिक परिवर्तनको नेतृत्व गर्दा दर्जनौँ पटक जेल जीवन र प्रहरी हिरासतमा परेका छन् । २०६३ सालबाट ओखलढुंगा जिल्लाको राजनीतिमा फर्किएका सुनुवारले २ कार्यकाल पार्टी प्रमुखको भुमिका निर्वाह गरी सामाजिक सेवामा योगदान पु¥याएका छन् । २०७० सालको संविधान सभाबाट निर्वाचिन सुनुवारले नेपालको संविधान २०७२ निर्माण गर्न महत्वपूर्ण योगदान गरेका युवा तथा विद्वान व्यक्तित्व हुन् ।
सांसदको हैसियतमा यज्ञराज सुनुवारले गरेका महत्वपूर्ण कार्यहरुः
१ ओखलढुंगालाई भूकम्पबाट क्षतिग्रस्त जिल्लाका रुपमा सूचीकृत गराउन सफल भए भने भत्किएका शैक्षिक संस्थाहरुको पुनः निर्माणका लागि दातृ निकायबाट बजेट विनियोजन गराउन योगदान गरे ।
२ भुकम्पबाट ज्यान गुमाएका परिवारलाई आफ्नो व्यक्तिगत तर्फबाट रु ५१००।– र आफ्नो परिवारको तर्फबाट ५,०००।– गरी १०,१००।– आर्थिक सहयोग गरे भने जिल्लाका विभिन्न स्थानमा ७०० जना स्वयमसेवक लिइ भुकम्प पीडितका अस्थायी बासस्थान बनाउन र भत्किएका संरचना हटाउन एक महिने अभियान संचालन गरे ।
३ मानेभञ्ज्याङ्गमा राष्ट्रिय बाणिज्य बैँक शाखा विस्तार र खिजीफलाटेमा इलाका प्रशासन कार्यलय स्थापना ।
४ निर्वाचन क्षेत्र १ का गाविसमा सडक सञ्जाल निर्माण गर्न, सुनकोसीको मोटरेवल पुल सम्पन्न गर्न योगदान ।
५ रुम्जाटार–ओखलढुंगा –रामपुर सडक कालोपत्रे गर्ने काम सुरु, रुम्जाटार एअरपोर्ट कालोपत्रे सम्पन्न ।
६ मोलुङ एकवार, लिखु एकवार, दुधकोशी एकवारजस्ता दिर्धकालीन महत्वका सडक निर्माणका लागि बजेट बिनियोजन
७ साँघुटार–ओखलढुंगा–सिलौरीघाट मोटारबाटो कालोपत्रेको लागि बजेट बिनियोजन ।
८ जिल्लाको सबै भन्दा उच्च स्थान (३५०० मि.) उचाईमा रहेको देम्बामा थोलेदेम्बा महोत्सब गरी राष्ट्रपतिद्वारा उद्घाटन गराउन सफल भए भने १ नं. प्रदेशकै नमुना बौद्ध गुम्वा निर्माणमा सांसद कोषबाट बजेट विनियोजन ।
९ जिल्लाकै विकट र दुर्गम क्षेत्रका रुपमा रहेको खिजी क्षेत्रमा सडक सञ्जाल जोड्न सफल ।
१० बर्नालु भँडारे लेकखर्क चिसापानी सोलु सडक सञ्जाल जोड्न सफल ।
११ जिल्ला सदरमुकाममा निर्वाचन क्षेत्र २ को पश्चिमी भुभाग गाम्नाङ्ग–पोखरीभञ्ज्याङ्ग–श्रीचौर मोटरबाटोको सुरुवात
१२ दुई जिल्ला जोड्ने मुलघाट, सिलौरीघाट मोटरेवल पुल निर्माण गराउने कार्यको सुरुवात ।
१३ केन्द्रिय विद्युत विस्तार योजना र जिल्लाभित्र रहेका लघु जलविद्युत आयोजनाहरुमा बजेट विनियोजन गरी उज्यालो ओखलढुंगाको सुरुवात ।
१४ दुधकोसी, मोलुङ, लिखुजस्ता जलासयबाट विद्युत उत्पादन गर्न पहल ।
१५ ऐतिहासिक स्थल ओखलढुंगालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रिय गानका सर्जक, व्याकुल माइला, लोकगायक पाण्डव सुनुवार, रेडियो पहिलो गीत रेकर्ड गर्नु हुने मेलवादेवी जस्ता श्रष्टाहरुको प्रतिमा सहितको श्रष्टा पार्क निर्माण कार्यको सुरुवात ।
यस कारण,
एउटा व्रिटिस लाहुरेको छोरो; जसले व्यक्तिगत सुखसयल र विलाशिताको जिन्दगी बिताउन सक्थ्यो, तर उसले आफ्नो नीजि जीवनशैली त्यागेर जीवनको उर्जावान् समय समाजसेवा र राजनीतिमा बितायो । अनेकाँै कठिन परिस्थितिका कठोर परीक्षाहरुमा सफलता प्राप्त गरेका, अनेकौँ कामहरुको अनुभव प्राप्त गरेका जनतासित नङ र मासुको जस्तै सम्बन्ध कायम गर्दै देश, जनता र राष्ट्रका निम्ति प्राणको बाजी लगाउन तयार भएको सृजनात्मक क्षमताले ओतप्रोत नेतृत्व दिन सक्ने क्षमता यज्ञराज सुनुवारसित मात्र छ । त्यसैले सम्पूर्ण ओखलढुंगे मतदाताहरुलाई हामी हार्दिक अनुरोध गर्दछौँ; आफ्नो अमूल्य मत जिल्लाको समग्र विकास निर्माणमा समर्पित र प्रतिवद्ध बाम गठबन्धनका तर्फबाट ओखलढुंगाका प्र्रतिनिधी सभाका साझा उम्मेदवारका रुपमा प्रस्तुत भएका यज्ञराज सुनुवारलाई सुर्य चिन्हमा मतदान गर्न हार्दिक अनुरोध गर्दछौँ ।
फेरि पनि भन्न चाहन्छाँैः
अधिनायकबाद सँग कहिलै झुकेन
निष्ठाको राजनीतिमा केहिलै चुकेन
भ्रष्ट आचरणले कहिलै छोएन
जिल्लाको शिर निहु¥याउने काम कहिल्यै गरेन
जसले जिल्लाको शिर उच्च राख्यो…….
एक अविचलित योद्धा कमरेड यज्ञराज सुनुवारलाई प्रतिनिधिसभा सदस्यमा सुर्य चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराऔँ ।
-अाेखलढुंगेली बुद्धिजीविहरुकाे तर्फबाट जारी अपिल
४ मंसिर २०७४, सोमबार
1k
Shares







