२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

ईश्वर पोखरेल र सशांक कोइरालाको ओखलढुंगामा भोट माग्न प्रतिस्पर्धा !


६ मंसिर २०७४, बुधबार  

238
Shares

ओखलढुंगा । नेपाली काँग्रेसका महामन्त्री सशांक कोइराला र एमाले महासचिव ईश्वर पोखरेल दुवै ओखलढुंगाका उम्मेदवार होइनन् । इश्वर पोखरेलको गृह जिल्ला ओखलढुंगा भए पनि उहाँ राजधानीबाटै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तर, बुधबार दिनभरी दुवै नेता ओखलढुंगामा भोट माग्न व्यस्त रहनुहुने भएको छ ।
काँग्रेस महामन्त्री सशांक कोइराला काँग्रेस उम्मेदवाहरुलाई भोट माग्न ओखलढुंगा आउन लाग्नु भएको हो । उहाँले रामपुर र पलापुका दुई वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस जिल्ला सचिव रुद्र अधिकारीले बताउनुभयो । ‘महामन्त्रीज्यू, दिनभरी ओखलढुंगाका चुनावी कार्यक्रममा सहभागी हुन हेलिकोप्टरबाट आउँदै हुनुहुन्छ, उहाँले दुुई ओटा सभालाई सम्बोधन गर्नु हुने छ’ अधिकारीले भन्नुभयो । कोइराला सँगै प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडा हेलिकोप्टरबाट रामपुरपछि पलापुको कार्यक्रममा जाने कार्यक्रम रहेको छ ।
त्यस्तै एमाले महासचिव ईश्वर पोखरेलले पनि संयुक्त वाम गठबन्धनका दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले मानेभञ्ज्यांगको क्षेत्रीय स्तरको सभा र खानीभञ्ज्यागंको अर्को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेका उपाध्यक्ष नेत्रप्रसाद भट्टराईले बताउनुभयो । भट्राईका अनुसार महाुचिव पोखरेल खानीभञ्ज्यांगको सभा सम्बोधन गरेर पोखरेल मानेभञ्ज्यांग जाने कार्यक्रम रहेको छ । त्यहाँ पोखरेलसहित संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवार र वाम गठबनधनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओखलढुंगामा संघीय प्रतिनिधी सभाको निर्वाचमा यज्ञराज सुनुवार र रामहरि खतिवडाको प्रतिस्पर्धाले रोचक मोड लिएको छ । दुवै नेताहरुलाई जिताउन केन्द्रिय नेताहरु ओखलढुंगा आइरहेका छन् । सुनुवारलाई भोट माग्न माओवादी केन्द्रका केन्द्रिय नेताहरु रामहरि कार्की, पेशल खतिवडा र नारायण शर्मा विभिन्न सभामा आएका छन् भने एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पनि सदरमुकामको विशाल सभामा आउनुभएको थियो । उहाँहरुले सुनुवारलाई भावी मन्त्रीको रुपमा प्रचार गरेपछि काँग्रेसले ओखलढुंगामा महामन्त्री उतार्ने प्रयास गरेको छ । यस अघि खतिवडालाई भोट माग्न बालकृष्ण खाड र बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल आउनुभएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार  ६ : ५४ बजे