ओखलढुंगा । मंसिर १० गते भएकाे मतदानमा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यसी वाम गठबन्धनको नेताहरुमा आतमविश्वा बढेको छ । उनीहरुले निर्वाचन भएपछि भाेटको समेत हिसाव किताव गर्न भ्याएका छन् । मतदानपछि गाउँबाट फर्किएका उम्मेदवाहरुसँग सगमाथा अनलाइनले गरेको प्रश्नमा उनीहरुले दिएको जवाफलाई यहाँ उल्लेख गरिएको छ । 
४ हजार बढीले जित्छुः यज्ञराज सुनुवार
गठबन्धनका संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवारले प्रतिस्पर्धीभन्दा ४ हजार बढी मतले जित्ने दावी गरे । उनले गाउँमा मतदातले दिएको उत्साह र माया यसको आधार भएको पनि बताए । उनले मानेभञ्ज्यांग गाउँपालिका बाहेक सबै स्थानीय तहमा आफ३ले बढी मत ल्याउने बताए । उनले आफ्ना प्रतिस्पर्धी आफुले बोलेका झुट र सांसद हुँदा विभिन्न काण्डमा फसेको मात्र होइन विकास निर्माणका काममा ढाँटको खेति मात्र गर्ने तर आफुले सक्ने जति मात्र बोलेको र बोलेको गरेको उनको भनाइ छ । यसका साथै ओखलढुंगामा जनजातिको मत निर्णायक रहेको र आफु त्यही समुदायको व्यक्ति भएकाले प्रतिस्पर्धी हल्लामै सिमित हुने उनले किटानी गरे ।
उनका प्रतिस्पधी रामहरि खतिवडा विभिन्न काण्डमा फसेर विवादमा मुछिएका, जनजाति समुदायमा अलोप्रिय भएको बताइन्छ । सुनुवार तल्लो तहबाट राजनीतिमा स्थापित भएकाले मतदाताका आँखामा सरल र व्यवहारिक उम्मेदवारका रुपमा चिनिन्छन् ।
७ भन्दा बढी मन्तरले जित्छु: अम्बिर बाबु
प्रदेश सभा क का उम्मेदवार अम्बिरबाबु गुरुङ आफुले ७ हजार बढी मत ल्याएर चुनाव जितने दावी गर्छन् । उनले आफु सबै व्यक्तिगत लाभ छोडेर जिल्लाको विकास गर्न निर्वाचनमा उम्मेदवार भएको, जिल्लाको विकासमा युवाको सहभागिता सुनिश्चित गर्ने आफ्ना मुद्दा युवाहरुले अनुमोदन गरेको दावी गरे । उनी आफु गएका सबै कार्यक्रमहरुमा निशर्त हरेक कार्यक्रममा १ सय हाराहारी युवाहरुले काँग्रेस छोडेर एमालेका आएकाले युवाहरुको समर्थन आफुलाई भएको उनको भनाइ छ । उनी सहभागी सबै कार्यक्रममा एमाले प्रवेहको लहरै चलेको थियो ।
रुम्जाटार, सल्लेरी, रामपुर, ज्यामिरे लगायतका स्थानबाट काँग्रेसमा आबद्ध सबै युवाहरु एमालेमा प्रवेश गरेका छन् । प्रदेश क एमालेका पकड क्षेत्र हो ।
प्रतिस्पर्धा हुदैनः मोहन खड्का
गठबनधनका तर्फबाट क्षेत्र ख मा चुनाव लडेका माहेन कुमार खड्का आफ्नो प्रतिस्पर्धा नहुने बताउनाछन् । उनले काँग्रेसका बागी उम्मेदवार आधिकारीक उम्मेदवारले हाराहारी मत ल्याउने भएकाले दोब्बले चुनावी जित्ने आधार सुनाए । सधैँ काँग्रेसले जितेर पनि केही काम नगरेको र गठबन्धनको पक्षमा आम जनता लागेकाले आफुसँग प्रतिस्पर्धा कसैको नभएको खड्काले बताए । उनले जिल्लाबासीको सबै काममा आफु हुलाकी र भरिया हुन तयार भएर निर्वाचनमा उठेको बताए । चुनाव जितर शहर हैन गाउँ पस्ने उनले बताए ।
वाम गठबन्धन बनेपछि काँग्रेसभन्दा ७ हजार ३ सय मतले अगाडी गठबन्धनका उम्मेदवार व्यत्तिलगत प्रभावले जित सहज भएकोमा ढुक्क देखिएका छन् ।
८ मंसिर २०७४, शुक्रबार
490
Shares







