२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीको अपिलः ढुक्क भएर भर्याङमा मतदान गर्नुहोस्



ओखलढुंगा । पार्टीको निर्णय गलत भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका युवा नेता ज्ञानेन्द्र रुम्दालीले आधिकारिक उम्मेदवार प्रदिप सुनुवारलाई सर्मथन गरेको भन्ने गलत समाचारको खण्डन गरेका छन् । केही समाचार अनलाईनहरुमा नेपाली काँग्रेसले क्षेत्र ख मा प्रदेश सभामा उम्मेदवार बनाएका प्रदिप सुनुवारलाई समर्थन गरेको भन्ने गलत समाचार प्रकाशन गरेपछि रुम्दालीले त्यसको खण्डन गरेका हुन् ।
प्रदेश क का नेता प्रदिप सुनुवारलाई काँग्रेसले ख को उम्मेद्वार बनाएपछि उनी विरुद्ध विद्रोह गरेर क्षेत्र ख का दर्जन बढी नेताहरुले तरुण दलका सभापति समेत रहेका रुम्दालीलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । निर्वाचन अभियान सकिएपछि चुनाव हार्ने निष्कर्षमा पुगेका काँग्रेस नेताहरुले आधिकारिक उम्मेदवारलाई समर्थन गरेको भन्दै केही अनलाइनहरुमा समाचार लेखाएको पाइएको छ । स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने भए पछि अताल्लिएर प्रदिप सुनुवार लगायतका नेताहरु झुटा प्रचारबाजीमा उत्रिए भन्दै रुम्दालीले त्यस्ता भ्रममा नपर्न मतदाताहरुलाई अपिल गरेका छन् । उनले सबै मतदातालाई भ¥याङ चिन्हमा मतदान गर्न पनि विज्ञप्ती मार्फत अपिल गरेका छन् । निर्वाचनमा पराजित हुने निश्चित भएपछि आचार संहिता विपरीत झूटो प्रचारमा नउत्रिन सचेत गराउँदै उनले प्रतिवाद गरेका छन् ।
शून्य समयमा आएर गलत हल्ला गरेको भन्दै स्वतन्त्र उम्मेदवार पक्षधरहरुले आपत्ति जनाएका छन् । विभिन्न अनलाइहरुमा संघीय प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडाले आधिकारिक उम्मेदवालाई समर्थन गरेको झुटो समाचार लेखाएर निर्वाचनमा मत प्रभावित गर्न खोजेको स्वतन्त्र उम्मेदवार रुम्दालीको पक्षका नेताहरुले आरोप लगाएका छन् । आधिकारिक उम्मेदवार प्रदिप सुनुवार हराउन लागेको आरोप लागेपछि खतिवडाले त्यस्तो प्रचार गराउन लागेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४, शनिबार  ६ : ४३ बजे