२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

रामहरि कार्यकर्ता यज्ञराजका सारथी ! वडा सदस्यसहितका युवा एमालेमा



ओखलढुंगा । प्रचार अभियानमा रामहरि खतिवडाको पक्षमा देखिएका मोलुंग गाउँ पालिका २ र सिद्धिचरण नपा ११ का २५ जना युवाहरु मौन अवधि शुरु भएपछि एमालेमा प्रवेश गरेका छन् । उनीले काँग्रेसको क्रियाकलाप बाट असन्तुष्ट भएर एमालेमा प्रवेश गरेको जनाएका छन् । उनीहरुलाई संघीय प्रतिनिधि सभाका उम्मेदवार यज्ञराज सुनुवार र प्रशेद सभा का उम्मेदवार अम्बिरबाबु गुरुङले पार्टीमा प्रवेश गराएका हुन् ।
प्रवेश गर्दै उनीहरुले काँग्रेसले विभिन्न आशा देखाए पनि गाउँको विकास गर्ने कामा सर्धै ढाटेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । मोलुगं गाउापालिका वडा नं. २ का वडा सदस्य ओम राई लगायतका युवाहरु एमालेमा प्रवेश गरेका छन् । त्यस्तै स्थानीय चुनावमा काँग्रेसलाई सहयोग गरेका सिनपा ११ का युवाहरु समेत एमालेमा प्रवेश गरेपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४, शनिबार  ६ : ५६ बजे