स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीलाई भोट माग्दै रामहरि ! प्रदिप सुनुवार हराउन आर्थिक चलखेल !!

112 Shares

ओखलढुंगा । काँग्रेसका तर्फबाट संघीय प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडाले पार्टीका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीलाई भोट मागेको रहस्य खुलेको छ । खतिवडा आफु चुनाव हारिने निचोडमा पुगेपछि स्वतन्त्रको शरणमा पुगेका हुन् । उनले प्रदेश ख का कांग्रेस उम्मेदवार प्रदिपकुमार सुनुवारलाई हराउन संघमा मात्रै आफुले भोट माग्ने र प्रदेशमा भर्यागं भन्न थालेका छन् ।
खतिवडा स्वतन्त्रको समुहसँग मिलेपछि संघमा रामहरि प्रदेशमा ज्ञानेन्द्र भनेर प्रचार शुरु भएको छ । यसले खतिवडाको आफु मात्र जित्ने र प्रदेशका उम्मेदवार प्रदिप सुनुवार हराउने योजना रहेको काँग्रेसमा व्यापक चर्चाको विषय भएको छ । मतदानको अघिल्लो दिन सदरमुकामबाटै खतिवडाले आर्थिक चलखेल शुरु गरेको चर्चा छ । उनले शनिबार नै स्वतन्त्रका ठाकुर गौतम मार्फत प्रदिप सुनुवार हराउन पैसा पठाएको बुझिएको छ । खतिवडाले प्रदिप सुनुवार विरुद्ध पैसा नै खर्च गर्न थालेको चर्चा भएपछि व्यक्तिगत कारोबार भन्न थालेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार