२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु


१३ मंसिर २०७४, बुधबार  

7
Shares

चितवन, काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब सबा नौ बजे त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।

लु२ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट त्रिशुलीमा खसेको हो । प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ ।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।

Sagarmatha

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार  ५ : १० बजे