६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

चुनाव सकिएपछि किन समातिए विप्लवका जिल्ला युवा संयोजक ?



ओखलढुंगा । ओखलढुंगामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला युवा संयोजकलाई प्रहरीले पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका ५ मुखलखर्क निवासी किरण भनिने हर्क बाहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए ।
तामाङलाई सुनकोशी गाउँपालिका ९ कोसहाटबाट पक्राउ गरिएको प्रहरी प्रमुख तिमिल्सिनाको भनाइ छ । पक्राउपछि उनलाई प्रहरी हिरासतमा म्याद थप गरि राखिएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस अघि पनि दुई जना विद्यार्थीसहित पाच्च जनालाई प्रहरीले विप्लवका कार्यकर्ता भएको भन्दै पक्राउ गरेर केही सार्वजनिक अपराधको मुद्दा चलाएको छ । घरमा बसिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई कुनै निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा नभइ सोधपुछ गर्न पक्राउ गर्न खोज्दा प्रहरीमाथि हातपात गर्न खोजेको झुटो प्रहरी प्रतिवेदनका आधारमा सार्वजनिक मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७४, शुक्रबार  २ : ५२ बजे