७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

महोत्तरीका दुई सय ३२ मतदानस्थल संवेदनशील


१६ मंसिर २०७४, शनिबार  

7
Shares

 

गौशाला, दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा २३२ मतदानस्थल संवेदनशील रहेको छ ।

कुल २५८ मतदानस्थलमध्ये २३२ वटा संवेदनशील रहेको र त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले महोत्तरी जनाएको छ ।

चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन लाख सात हजार ६०२ जना मतदाताले मतदान गर्ने भएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार  ८ : २२ बजे