अविरल वर्षाले ओखलढुंगाका सडक अबरुद्ध

0 Shares

ओखलढुंगा, २७ भदौ । शनिबार रातिदेखी परेको अविरल वर्षाका कारण ओखलढुंगाका सबै सडक अबरुद्ध भएका छन् । जताततै पहिरो खसेर बाटो अबरुद्ध भएपछि यातायात संचालन हुन सकेका छैनन् ।
सदरमुकाम ओखलढुंगाबाट गाउँ जाने ग्रामीण सडकहरु पुरै अबरुद्ध भएका छन् भने सदरमुकाम बजार क्षेत्रमै पहिरो गएपछि सिद्धिचरण राजमार्ग समेत अबरुद्ध भएको छ । ओखलढुंगाबाट च्यानम, खानीभञ्ज्याङ, कोषाहाट, घोराखोरी, रामपुर जाने सडक पहिरोले अबरुद्ध भएका हुन् । सडक अबरुद्ध भएपछि यात्रुलाई आवत जावत गर्न समस्या भएको छ भने खाद्यन्न ढुवानी हुन सकेको छैन ।
सदरमुकाममै राजमार्ग अबरुद्ध भएपछि सोलुखुम्बुबाट राजधानी तथा तराइ जाने र आउने मालबाहक तथा ठूला सवारी सडकमै अलपत्र परेका छन् । बोलेरो जीप भने बजार क्षेत्रबाट सुचारु गरिएको अस्थायी ट्राफिक कार्यलयका प्रमुख कुमार फुयलले बताए । राजमार्गमा बजार क्षेत्रबाहेक अन्यत्र भने अबरोध हटाइएको फुयलको भनाइ छ ।
लगातार पहिरो खस्ने भएकाल्े लामो समयदेखी सदरमुकाम स्थित सिद्धिचरण राजमार्गमा बाटो सुचारु नहुँदा एक महिना यता सोलुखुम्बुमा खाद्यन्न ढुवानी हुन सकेको छैन । बस संचालन नहुँदा बलेरो संचालकले यात्रुसँग मनपरि भाडा असुल्दा यात्रु ठगिदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार