२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

पराजित उम्मेदवार धन्यवाद दिन गाउँगाउँमा



कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त छन् ।
निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार भएका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल (बलदेव) सँग ९४६ मतान्तरले पराजित भएका थिए ।
नेताहरु पराजय भएसँगै मतदातासामु फर्किएर नआउने पटिपाटीको अन्त्य गर्दै उनी निर्वाचित उम्मेदवारभन्दा पहिले नै मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुगेका हुन् ।
उनले यही सोमबारदेखि आफ्नो क्षेत्रका विभिन्न वडामा गएर मतदातालाई धन्यवाद दिने र उनीहरुका गुनासा सुन्ने गर्न थालेका हुन् ।
उनले सोमबार दक्षिणी क्षेत्र शुद्धोधन गाउँपालिका–६ र पचेहराका साथै मंगलबार उत्तरी क्षेत्र वडा नं ७ र ९ का मतदातालाई भेटेर धन्यवाद ज्ञापन गर्नुका साथै वडाका समस्याका बारेमा पनि जानकारी लिएका थिए ।
मंगलबार वडा–९ को बक्सीरपुरमा मतदातालाई सम्बोधन गर्दै उपाध्यायले यस क्षेत्रको विकास निर्माणमा जितेका उम्मेदवारले भन्दा कुनै कमी हुन नदिई संगठित भएर आफू विकासमा लाग्ने प्रतिबद्धता जाहेर गरे ।

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार  ३ : ४९ बजे