काठमाडौं । सोलुखुम्बु जिल्लाबाट नवनिर्वाचित प्रतिनिीधी सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ ले जिल्लाको समग्र विकासको लागि जनतालाई साथमा लिएर काम गर्ने बताएका छन् ।

बाम गठबन्धन निर्वाचन परिचालन समिति, सोलुखुम्बु काठमाडौं सम्पर्क मञ्च काठमाडौले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा अतिथिको आसनबाट बोल्दै राईले यस्तो बताएका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/7m6P_FQJu0M
विनोद चौधरीलाई प्रदेशसभा ‘क’ सदस्य उत्तमकुमार बस्नेतको प्रश्न सोलु किन जानु भयो ?
सोलुखुम्ब प्रदेशसभा ‘क’ सदस्य माननीय उत्तमकुमार बस्नेतले विनोद चौधरीलाई प्रश्न गर्दै भने सोलु किन जानु भयो ? सोलुखुम्बुमा गएर चौधरीले गलत उम्मेदवारलाई जिताउनको लागि अपिल गरेको भन्दै प्रदेशसभा सदस्य बस्नेतले गलत व्यक्तिको जितले सोलुखुम्बुलाई चौधरीले समृद्धिको नारा लगाउँदै आएको विषय ओझेल पर्ने भन्दै कुनै बेला चौधरीलाई भेटेरै त्यो प्रश्न सोध्ने बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/WEuGjcDoGeM
तिङ्लाबासीलाई सोलुदुधकुण्डमा ल्याउँन तत्काल पहल गर्छौ : माननीय बुद्धिकुमार राजभण्डारी
सोलुखुम्बु प्रदेशसभा ‘ख’ सदस्य माननीय बुद्धिकुमार राजभण्डारीले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनलाई बहिस्कार गरेको तिङ्लाबासीको मागलाई तत्काल पूरा गर्न पहल गर्ने बताएका छन् । बधाई तथा धन्यवाद कार्यक्रममा अथितिको आसनबाट बोल्दै सदस्य राजभण्डारीले गाभिने र गाभ्ने दुवै पक्षबीच कुनै समस्या नभएकाले तिङ्लाबासीको माग तत्काल पूरा गर्ने बताएका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/Vo9fb3BGYP4
ऐतिहासिक ठाउँमा गठबन्धनको किल्ला : विजय गुरुङ
नेकपा एमालेका केन्द्रीय सदस्य विजय गुरुङले सोलुखुम्बु जस्तो ऐतिहासिक ठाउँमा बामगठबन्धनका साझा उम्मेदवारहरुलाई जनताले जिताएकोमा बधाई र खुशी व्यक्त गर्दै सोलुखुम्बुका जनतालाई धन्यवाद दिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/pkH3HTsENuU
त्यसैगरी नेकपा एमाले सोलुखुम्बुका इञ्चार्ज किशोर अधिकारीले नेपालमा स्थिर सरकार सोलुखुम्बुका जनताले पनि चाहेको बताएका छन् । बधाई तथा धन्यवाद कार्यक्रममा अतिथिको आसनबाट बोल्दै अधिकारीले यो मुलुकमा भएको व्यापक समस्याको समाधान बामगठबन्धनको सरकारले समाधान गर्ने समेत बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/CMQwFbyoZxo
नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष तथा बामगठबन्धन निर्वाचन परिचालन समितिका संयोजक मानवीर राईले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि जिल्लाको मतदाताले अमूल्य मत दिई गठबन्धनको उम्मेदवारलाई जिताएकोमा जिल्लाबासीप्रति आभार प्रकट गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/R6fnSJOPYzU
नेकपा माओवादी केन्द्र सोलुखुम्बुका उपाध्यक्ष तथा बामगठबन्धन निर्वाचन समितिका सहसंयोजक राजेन्द्र बस्नेतले सोलुखुम्बु जिल्लालाई कम्युनिष्टिको किल्ला बनाउनको लागि मतदान गर्ने सबै मतदाताप्रति आभार प्रकट गरे ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/TCGEVOj9F64
नेकपा माओवादी केन्द्र सोलुखुम्बुका नेता तथा समानुपातिकतर्फको प्रतिनिधीसभा सदस्यका उम्मेदवार आङदावा शेर्पाले बामगठबन्धनको जितले सोलुखुम्बु जिल्लामा नयाँ राजनैतिक बहस शुरु भएको बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/xrqLyDI3BPI
नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चका सल्लाहकार बच्चुनारायण श्रेष्ठले नेपाली कांग्रेसले सोलुखुम्बुमा गरेको निरंकुशतन्त्रलाई चिर्न सफल भएको बताए । जिल्लाबासीले नयाँ राजनीतिक इतिहास कायम गरेको समेत बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/QliwdO4hpZo
नेकपा एमालेका नेता सोनामछिरिङ शेर्पाले बामगठबन्धनले ल्याएको बहुमतसँगै देशले स्थिर र स्थायी सरकार पाउने बताए । अब बन्ने सरकारले पिल्सीएका नेपाली जनताले राहत पाउने समेत नेता शेर्पाले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/etezRB0-dVs
नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तथा कार्यक्रमको सभापति अर्जुन कार्कीले सोलु काठमाडौं सम्पर्क समितिले गरेको सबै कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने सोलुखुम्बेलीहरुको उपस्थितिले जुनसुकै कार्यक्रममा ठाडो शीर पारेर गर्व गर्ने अवसर दिएको बताएका छन् । बामगठबन्धनका उम्मेदवारहरुलाई सम्पूर्ण सोलुखुम्बेली जनताले दिएको मतलाई सम्पर्क मञ्चले आभार समेत प्रकट गरे ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/2hcXghK-hm8
कार्यक्रममा सोलुखुम्बु जिल्लाबाट काठमाडौंमा बसोबास गर्नेहरुको बाक्लो उपस्थिति रहेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/8TU5F80lYd4

तस्वीर : बुद्धवीर बाहिङ ।








