३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

संसारका १० खत्तम जागिर [फोटो फिचर]



काठमाडौं । अधिकांश मानिस आफूले गर्ने काम दिक्क लाग्दो गुनासो गर्दछन् । धेरैलाई आफ्नो जागिर अरुको भन्दा नराम्रो भएको गुनासो हुन्छ । तर संसारमा विभिन्न किसिमका जागिर हुन्छन् । यहाँ संसारका सबैभन्दा खत्तम मानिएका १० जागिरको चर्चा गरिएको छ ।
१. दुर्गन्ध हटाउने औषधीको परिक्षण गर्ने काम
यो काम गर्नेले ग्राहकलाई औषधी लगाएर प्राइभेट पार्ट सुँघ्नुपर्छ ।

२. नाली तथा ढल सफा गर्ने काम
विकसित देशमा विद्युतीय माध्यमबाट नाली सफा गरिन्छ । तर भारत, नेपाल लगायतका देशमा अझै पनि मानिस पसेर नाली तथा ढल सफा गर्दछन् ।

३. जनावरलाई हस्तमैथुन गराउने काम
ठूला ठूला ल्याबमा जनावरलाई हस्तमैथुन गराएर जनावरको वीर्य संकलन गरिन्छ ।

४. मोबाइल शौचालय सफा गर्ने काम
शहरमा मोबाइल शौचालय सफा गर्नेहरुको जागिर पनि खत्तमको सूचीमा पर्छ ।

५. जनावरको खाना चाख्ने काम
विभिन्न ल्याबमा जनावरका लागि खाना उत्पादन गर्ने क्रममा ल्याबमा मानिसलाई ती खाना चाख्न दिइन्छ । वा चाख्न लगाइन्छ ।

६. हात्तीलाई शौचालय गराउने काम
विभिन्न स्रोत केन्द्रमा जनावरको दिशा संकलन गर्नका लागि मानिसहरु खटाइएका हुन्छन् । यस्ता ल्याबमा हात्ती जस्ता ठूला जनावरको समेत दिशा संकलन गर्नु पर्ने हुन्छ ।

७. लामखुट्टे सोध कर्ताले गर्ने काम
लामखुट्टेको विषयमा अनुसन्धान गर्नेहरुलाई पनि दुःखीया मानिन्छ । किनभने उनीहरुको जागिर पनि संसारका खत्तम जागिरको सूचीमा पर्छ ।

८. गोहीलाई तालिम दिने काम
गोहीलाई तालिम दिने काम पनि जोखिमपूर्ण हुन्छ । तर मानिसहरुले यस्तो जागिर पनि गरिरहेका छन् ।

९ं मरेको मानिसको शरीर सफा गर्ने काम
विभिन्न अस्पतालमा पोष्टमार्टम तथा अन्य परिक्षणका लागि मरेका मानिसहरुको शरीर सफा गर्ने कर्मचारी राखिएको हुन्छ । यो काम पनि खत्तम सूचीमा पर्छ ।

१० . भवन पेन्टीङ गर्ने काम
ठूला ठूला भवन पेन्टिङ गर्नेहरु संसारमा सबैभन्दा असुरक्षित मानिन्छन् । उनीहरुको जिउ, ज्यानको सुरक्षाको कुनै पनि सुनिश्चितता हुँदैन ।

प्रकाशित मिति : १० पुस २०७४, सोमबार  ६ : ३० बजे