सीमा क्षेत्रका नागरिकको मानवअधिकार जोखिमयुक्त

0 Shares

बुटवल, २७ भदौ । राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देहीसहितका तराईका दक्षिण सीमा क्षेत्रका नागरिकको मानवअधिकारको अवस्था जोखिमपूर्ण रहेको बताएको छ ।

आयोगले गरेको अवलोकनमा सीमा क्षेत्रमा भएका मानवनिर्मित बाँधले कटान, डुबान समस्या भोग्नुपरेको उल्लेख गरेको छ ।

आयोगका सदस्यव्दय गोविन्द शर्मा पौडेल र मोहना अन्सारी नेतृत्वको उच्चस्तरीय टोलीले रुपन्देही, नवलपरासी, कपिलवस्तु दाङका सीमा क्षेत्रका नागरिकको मानवअधिकारको अवस्थाबारे अवलोकन गरेको थियो ।

र आयोगको उपक्षेत्रीय कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौडेलले डुबानबाट सीमा क्षेत्रका नागरिक नराम्ररी प्रभावित भएको उल्लेख गरे ।

रुपन्देहीको मर्चबार, भरथहवाका क्षेत्रका साथै बुटवलको देवीनगर बुद्धनगर, जस्ता तिनाउ किनारका बस्ती जोखिममा रहेको आयोगको भनाइ छ । त्यस्तै नवलपरासीको सुस्ता, नरसहि, कुडिया र पक्लीहवा कपिलवस्तुको रङ्गपुर, बेदौली, पर्सिया, हर्दौनालगायतका क्षेत्र कटान, डुबान र मानव निर्मित बाँधका कारण प्रत्येक वर्ष प्रभावित भएको आयोगले जनाएको छ ।

सीमा क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तु, स्वास्थ्य उपचार, शिक्षाको लागि छिमेकी देशका बजारमा निर्भर हुनुपरेको आयोगका सदस्य पौडेलले बताए ।

नारायणी नदीमा पुल नहुँदा नवलपरासी सुस्ताका बालबालिकालाई ८ कक्षापछि पढाइ छोड्न बाध्य भएको र दाङको कोइलावासमा खानेपानीको लागि समेत भारतको भर पर्नुपरेको आयोगले जनाएको छ । उहाँले यी क्षेत्रमा राज्यको पहुँच नपुगे जस्तो देखिएको उल्लेख गरे । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार