६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

महिला हिंसा रोक्न महिलाहरुलाई मार्सल आर्ट सिकाउनु पर्छ : राखेप सचिव विष्ट [भिडियो सहित]



काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले महिला हिंसा रोक्नका लागि महिलाहरुलाई मार्शल आर्टको तालिम दिनु पर्ने बताएका छन् । नेपाल मार्शल सेल्फ डिफेन्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै सचिव विष्टले यस्तो बताएका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/Q93MGfjI6GI
नेपाल मार्शल सेल्फ डिफेन्स संघका सल्लाहकार तिलक लामाले मोरोक्कोको जागोरामा भएको वल्र्ड पिस कप च्याम्पीयनसीपमा स्वर्ण पदक र रजत पदक जित्ने नेपाली खेलाडीहरुलाई व्यत्तिगत रुपमा नगर प्रदान गर्ने बताए । सल्लाहकार लामाले स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई १५ हजार र रजत पदक प्राप्त गर्ने खेलाडीहरुलाई १० हजार दिने घोषणा समेत गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/2ehwuosIorE
नेपाल मार्शल सेल्फ डिफेन्स संघका केन्द्रीय अध्यक्ष डिवि नेपालले रापले निकट भविष्यमै गर्ने विभिन्न कार्यक्रममा प्रत्यक्ष सहभागी हुने बताए । महिला हिंसा रोक्नको लागि राखेपले महिलाहरुलाई मार्शल आर्टको तालिम दिने परियोजना नेपाल मार्शल सेल्फ डिफेन्स संघले देशव्यापी सञ्चालन गर्न सक्ने क्षमता भएको समेत बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/I744DqSpKgo
मोरोक्कोको जागोरामा भएको वल्र्ड पिस कप च्याम्पीयनसीपमा दुई स्वर्ण पदक विजेता अर्जुनबहादुर रोक्का (सार्की) लाई १५ हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको छ । त्यसैगरी रजत पदक विजेता सञ्जु महर्जन, ङवाङ केसाङ लामालाई जनही १० हजार नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/Z0Gmlu7HHcE

प्रकाशित मिति : १० पुस २०७४, सोमबार  ३ : ३५ बजे