२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

नर्भिकमा अत्याधुनिक एम.आर.आई. र सी.टी स्क्यान सेवा शुरु



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधासम्पन्न, प्रविधिसम्पन्न ३ टेस्ला एम.आर.आई. र विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन थपेको छ । अत्याधुनिक सी.टी. स्क्यान र अत्याधुनिक एम.आर.आई. सेवा थपिएपश्चात् नर्भिकले आफूलाई पूर्णतया न्युक्लिएर मेडिसिन सेन्टरका रुपमा परिणत गर्न सफल भएको बताएको छ ।
नव जडित सेवाको उद्घाटन एक कार्यक्रमबीच पूर्व युवराज्ञी हिमानी शाहले गरेका थिए ।

कार्यक्रममा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्यको समेत उपस्थिति थियो । निदरल्याण्डमा निर्मित घ।ण्त् इन्जेनिया एम.आर.आई.मा यसको (इन–बोर) सुरूङ्ग ९तगललभ०ि भित्र श्रव्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, मनपर्ने भिडियो आदि सुन्न/हेर्न सक्नेछन् । एम.आर.आई. प्रक्रियाको चित्र विशिष्ट र स्पष्ट त हुन्छ नै बिरामीको सेवा/आरामदायितामा पनि विशेष हुनेछ ।

अप्रिय/डरलाग्दो आवाज र झन्झनाहट नै एम.आर.आई. गराउने तमाम बिरामीहरूले भोग्दै आएको समस्या हो । यसखाले एम.आर.आई.को सुरुङ्गभित्र झन्झनाहट र अप्रिय आवाजको सट्टा सुमधुर सङ्गीत र मनमोहक भिडियो (श्रव्य–दृश्य) प्रणाली हुनु र यसखाले समस्या रहित विश्वकै पहिलो एम.आर.आई. भएका कारण बिरामीले त्यस्ता समस्या भोग्नुपर्ने वा डराउनुपर्ने समस्या अब छैन । यसमा निरन्तर श्रव्य–दृश्य हुने भएको हुँदा एम.आर.आई. गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको सङ्गीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेका छन् । यो प्रणालीमा सामान्य एम.आर.आई.मा उत्पन्न अप्रिय ध्वनि भन्दा झण्डै ८०% कम (ध्वनि) आवाज उत्पन्न हुनेहुँदा बिरामीले आराम महशुस गर्ने जनाइएको छ ।

एम.आर.आई. प्रणालीमा रहेको स्वचालित आधुनिक (निर्देशक गर्ने बोली) भ्वाइसले बिरामीलाई श्वास–प्रश्वास रोक्ने, एम.आर.आई. टेबुलको चालबारे बताउने आदि गर्ने हुँदा स्क्यान गर्ने अवधि बदाईदिने र बिरामीको आरामदायिता तथा एम.आर.आई. प्रति तिनको सहयोग पनि बदाउने हुँदा यसलाई पूर्ण आरामदायी मानिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार  २ : ४२ बजे