पत्रकार चाम्लिङको ‘किराती राई समुदायको परम्परागत सञ्चारमाध्यम’ कृति सार्वजनिक [भिडियो सहित]

217 Shares

काठमाडौँ । पत्रकार राजेश चाम्लिङ राईको आमसञ्चारसम्बन्धी ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ अनुसन्धान कृति सार्वजनिक भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आइतबार सञ्चारग्राममा सार्वजनिक गरेका हुन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा समाजमा परम्परादेखि सञ्चारका विविध पक्षबारे केलाइएका छन् ।

https://youtu.be/GATQMLXiXLQ
पुस्तकमा किरातकालीन नेपालको सञ्चार, शासकीय व्यवस्था, राई समुदायमा परम्परागत सञ्चार माध्यम, विधि, मुन्धुम मिथक् र अवधारणा, जीवन प्रणाली, ऐतिहासिक तथा समाजशास्त्रीय दृष्टिकोणको चर्चा छ । किराती समुदायमा परम्परागत सञ्चारका रुपमा पुङ, भाले, लिम्चिबुङ, चौतारा, सेउला राख्ने, म्मरीबुमा, फुर्के, थार, साकेला र झ्याम्टा, रुमाल, धजुरी, हावा, तारेचरो, गंगटा, बन्दुक पड्काउने, डाँडाबाट कराउने, पात बजाउने, समाचारी मान्छे पठाउने, सुसेली हाल्ने मानिएको छ । समयानुकुल मानिने चाडसमेत सञ्चारकै रुपमा लिइएको छ ।

https://youtu.be/_i4EDmSe4tc
किरात राई पत्रकार संघले गरेको समारोहमा अध्यक्ष आचार्यले विमोचित पुस्तक नेपाली पत्रकारिताको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसले समावेशी सञ्चार नीति निर्माणमा सहयोग पुग्ने बताए । पुस्तकबारे विश्लेषक युग पाठक, पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश राई, उपाध्यक्ष प्रकाश खालिङलगायतले चर्चा गरेका थिए ।

https://youtu.be/f8SxeWJ9NHY

https://youtu.be/q7IhPk2aj3E

https://youtu.be/9zW-YSiquy0

https://youtu.be/GHaxyhzE7dY

https://youtu.be/Dzl31kD_LNE

https://youtu.be/E3GzY3vzae4

https://youtu.be/EaNB9ygNvSg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार