काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै हवाई इन्धनको मूल्य पनि बढाएको छ ।

डिजेल, मटितेल र पेट्रोलको मूल्य लिटरमा १ र १ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरको १०२ रुपैयाँ भएको छ भने डिजेल र मटितेलको समान ७९ रुपैया भएको छ ।
हवाई इन्धन अन्तरिकतर्फ ३ रुपैयाँ बढाइएको छ र ९० पुगेको छ ।
१७ पुस २०७४, सोमबार
63
Shares







