खोलामा शव फेला

0 Shares

रोल्पा, २७ भदौ । शनिबार साँझको खानपिन सकेरसँगै सुतेका कोर्चावाङ–५ निम्री रोल्पाका ४१ वर्षीय कृतिमान पुनको शव जंकोट–१ माडीचौरमा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

करिब तीन वर्ष पहिलोदेखि मानसिक रुपमा अस्वस्थ भएका पुन केही हप्तायता अली बढी बिरामी परेको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

सँगै सुतेका पति बिहान उठ्दा कोठामा नदेखेपछि श्रीमती पूर्णकुमारी र परिवारले खोजी गरेका थिए ।

श्रीमती निदाएको अवस्थामा मध्यरातमा घरबाट निस्किएका पुनको घरदेखि करिब चार किलोमिटर टाढाको खोलामा शव फेला परेको हो ।

खोलाको बीच भागमा पुनको शव ढुङ्गामा अड्किएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कृतिमानको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार