५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

बसको ठक्करबाट बाफलमा पैदलयात्रुको मृत्यु


२४ पुस २०७४, सोमबार  

42
Shares

काठमाडौँ, काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारले स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको जानकारी दिए।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका चालक भने अहिलेसम्म फरार रहेको र खोजी कार्य भइरहेको प्रवक्ता रञ्जीतकार बताए ।

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार  ६ : ३८ बजे