२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पुरानो विद्यालयलाई आठकोठे भवन प्रदान



गौशाला, १२ भदौ । महोत्तरी जिल्लाका सबभन्दा पुरानो लक्ष्मी चण्डी मुरारका उच्च माविलाई जिल्ला शिक्षा कार्यालयले आठकोठे नयाँ भवन प्रदान गरेको छ ।

जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार २००८ सालमा जिल्लाकै सबैभन्दा पुरानो विद्यालयका रुपमा स्थापित यस विद्यालयका सबै कोठा, भवन पूर्णरुपमा जीर्ण भइसकेको र हजारौँ विद्यार्थी दैनिक जोखिम मोलेर पठनपाठन गरेको देखेर सो विद्यालयलाई आठकोठे नयाँ भवन बनाउने रु ५७ लाख अनुदान सहयोग प्रदान गरिएको हो ।

करिब दुई हजार विद्यार्थी अध्ययनरत सो विद्यालयमा भवन अभावका कारण पठनपाठनमा समस्या हुँदै आएको देखेर जिल्ला शिक्षा कार्यालयले नयाँ आठकोठे भवन निर्माणका लागि रु ५७ लाख निकासा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद मण्डलले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त सहयोगमा विद्यालयमा भवन निर्माण भइसकेपछि हजाराँै बालबालिकाको भविष्य सुरक्षित हुनुका साथै पठनपाठनमा सहजता आउने प्रधानाध्यापक सञ्जीवकुमार झाले बताउनुभयो । रासस

प्रकाशित मिति : १२ भाद्र २०७३, आइतबार  ६ : ४८ बजे