पहिरोले पाँच घर विस्थापित, लघु जलविद्युत् अवरुद्ध

0 Shares

पर्वत, २७ भदौ । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन् ।

उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन् । बस्तीभन्दा माथिको तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेको हो । उनीहरू अहिले आफन्तकोमा शरण लिएर बसिरहेका छन् ।

गत बुधबार आएको वर्षासँगैको पहिरोले उनीहरू विस्थापित हुनु परेको स्थानीय महानबहादुर गुरुङले जानकारी दिए ।

उनीहरूले आफूहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् । सोही पहिरोका कारण बस्ती नजिकै रहेको करायटोलको खानेपानी योजना पूर्णरुपमा अवरुद्ध बनेको छ । पहिरोले ट्याङ्की नै बगाएपछि खानेपानी सेवा अवरुद्ध बनेको गुरुङले जानकारी दिए ।

त्यसैगरी पहिरोका कारण भुकताङ्ले गाविस–८ मा रहेको २५ किलोवाट क्षमताको ठाडोखोला लघजलविद्युत् आयोजनाको नहर भत्किदा विद्युत् उत्पादन बन्द भएको छ । विद्युत् बन्द हुँदा स्थानीय विगत पाँच दिनदेखि अन्धकारमा बस्नुपरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार