७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

बिहीबार फर्कने,अध्यक्ष ओली


२ माघ २०७४, मंगलबार  

7
Shares

काठमाडौँ, नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ ।

गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उहाँका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।

प्रकाशित मिति : २ माघ २०७४, मंगलबार  ७ : २८ बजे