दुई गैँडाका बच्चाको उद्धार

0 Shares

चितवन, २७ भदौ । चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र अमलटारीबाट एक महिनाको भाले बच्चालाई उद्धार गरी उपचार थालिएको हो । दुवै बच्चालाई निकुञ्जको सौराहामा राखेर उपचार गरिएको छ ।

मेघौलीमा उद्धार गरिएका गैँडाका बच्चालाई बाघले आक्रमण गरेको अनुमान गरिएको छ । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती बच्चाको अगाडिको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न ठाउँमा घाउ छ । दूध खुवाउन नसकिएको भन्दै उहाँले घाँस राम्रोसँग खाने हुँदा कुनै समस्या नपरेको बताए । ती बच्चा साउन २४ गते मेघौली सेराई होटलमा करेन्ट लागेर मरेको गैँडाको बच्चा हुन सक्ने बोटेहरुले बताएको डा गैरेको भनाइ छ ।

अमलटारीबाट उद्धार गरिएका बच्चाको पछाडिको खुट्टामा गोहीले टोकेको उहाँले बताए । नदीले बगाएर आमा र बच्चालाई दुईतर्फ बनाएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ । अलपत्र देखेपछि दुई/तीन दिन हेर्दासमेत आमा नभेटिएपछि बच्चालाई उद्धार गरिएको सहायक संरक्षण अधिकृत अर्यालले बताए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार