काठमाडौं । नेकपा एमालेले प्रदेश ५, ६ र ७ बाट १३ जनालाई राष्ट्रियसभा उम्मेदवार बनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको सथायी कमिटि बैठकले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको हो ।

प्रदेह १, २, ३ र ४ नम्बरका उम्मेदवारहरू भने छनोट हुन बाँकी छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेकोमा २९ जना एमालेको भागमा परेको छ । बाँकी उम्मेदवार मंगलबार चयन हुने एमालेले बताएको छ ।
प्रदेश नं ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा







