६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा


१५ माघ २०७४, सोमबार  

42
Shares

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुल उपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् विसं २०७३ मंसिर मसान्तसम्म रु तीन करोड ६३ लाख ७२ हजार ९६१ आर्जन गरेको देखिएको छ ।

Sagarmatha

आयोगका अनुसार सोही अवधिमा चल अचल सम्पत्ति एवं शेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार विगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफथ गर्ने मागदाबीसहित मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार  ११ : ५७ बजे