२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

भोजपुर हातेमालो समाज युएईद्धारा थप रकम सहयोग


अवतार राई

१५ माघ २०७४, सोमबार  

84
Shares

काठमांडौ । भोजपुर हातेमालो समाज युएईले भोजपुर साविक गोगने ७ का शान्ता राई (३४) लाई थप रकम १८ हजार ५ सय हस्तान्तरण गरेको छ । हातेमालो समाज युएईका सदस्य राजिन राईद्धारा संकलित रकम काठमांडौ शिक्षण अस्पतालमा उपचाररथ शान्ता राईलाई हस्तान्तरण गरिएको हो ।
यस अघि भोजपुर हातेमालो समाज युएईले ४० हजार रकम हस्तान्तरण गरको थियो । भोजपुर गोगने ७ मा जन्मभई हाल धरानमा अस्थाई रुपमा शान्ता राईको परिवार वसिरहेको छ । वैदेशिक रोजगारिको क्रममा ३ वर्ष अघि ईराक गएका शान्ता राईलाई घरेलु कामदारको रुपमा रहदा परिवारले शारिरिक यातना दिदा उहाको अवस्था चिन्ताजनक रहेको थियो । शारीरिक अवस्था चिन्ताजनक अवस्थामा हुदा समेत ईराक प्रहरी प्रशासन र त्यहाको सरकारले नेपाल पठाएका राईलाई उपचार खर्च समेतको व्यवस्था गरिएको थिएन ।
अधकल्चो अवस्थामा नेपाल आएका राईको ढाड र दुवै खुट्टामा समस्या देखिएको थियो । हाल ढाँड र दुवै खुट्टामा गम्भिर समस्या भएका राईको धरानमा दुई हप्ता उपचार र त्यसपछि काठमांडौ स्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
दुवै चरण गरि ५८ हजार ५ सय रकम सहयोग गरिएको समाजका कार्यक्रम संयोजक अवतार योन्जनले जानकारी दिए । संयोजक योन्जनका अनुसार युएईमा कार्यरत भोजपुरेहरुको संलग्नतामा स्थापित भोजपुर हातेमालो समाज युएईले सामाजिक क्षेत्रको विविध विषयमा काम गर्ने योजना तथा लक्ष रहको वताएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार  ६ : २९ बजे