६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

आलु बीउको अभाव


१९ माघ २०७४, शुक्रबार  

77
Shares

ललितपुर, बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद९नार्क० ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र किसानलाई भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताए ।

दोस्रो वा तेस्रो पुस्ताको बीउ नै किसानले लगाउने गरेका उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बीउको चक्र पूरा नगर्दा आलु उत्पादनमा असर नगरेपनि किसानलाई आलुको बीउको अभाव हुन्छ ।”

नार्कले तन्तु प्रजनन विधिबाट उत्पादन गरेको पहिलो पुस्ता ९प्रजनन० बीउ जिल्ला कृषि विकास कार्यालय र बीउ उत्पादक समूह हुँदै किसानसम्म पुग्छ । बीउ उत्पादक समूहले दोस्रो र तेस्रो बीउ लगाएर चांथो बीउ किसानलाई दिनुपर्छ । समूहले चक्र पूरा नगरी दिने र किसानले पनि रोप्ने गरेका छन् ।

चक्र पूरा हुन नपाउँदा किसानलाई आलुको बीउको अभाव हुने र किसानले गुणस्तर नभएको बीउ रोप्ने गरेका छन् । उहाँ भन्नुहुन्छ, “राम्रो बीउ नपाएपछि किसानले टुसा आएको देखेपछि जस्तोलाई पनि बीउ मानेर रोप्छन्, गुणस्तरिय बीउ नुहँदा त्यसबाट किसानले पर्याप्त आम्दानी लिन सक्दैनन् ।”

नार्कले बर्सेनि पाँच सय दाना प्रजनन बीउ उत्पादन गर्छ । पाँच सय दानाबाट सामान्यतया दोस्रो पुस्तामा ७५ किलो, तेस्रो पुस्तामा ७५० किलो हुँदै चांथो पुस्तामा सात हजार ५०० बीउ उत्पादन हुन्छ । एउटा दाना आलुको बीउबाट १० वटा फल्ने अनुमान गरेर देशभरका किसानलाई पुग्ने गरेर नार्कले आलुको बीउ उत्पादन गर्दैआएको छ ।

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार  ९ : ३६ बजे