६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने


१९ माघ २०७४, शुक्रबार  

63
Shares

काठमाडौँ, परराष्ट्रविद्हरुले भारतीय बाह्यमामिलामन्त्री सुषमा स्वराजको नेपाल भ्रमणबाट नेपाल–भारतबीचको शदियौँ पुरानो सम्बन्ध थप सुमधुर तथा प्रगाढ हुने बताएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरुले आर्थिक समृद्धिको बाटामा अगाडि बढ्न लागेको नेपालले भारतबाट सहयोग खोज्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा ९एमाले०का नेता डा राजन भट्टराईले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण मूलरुपमा शिष्टाचार भए पनि भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएका स्वराजसँग नेपाल भारतबीचको सुमधुर सम्बन्धबारेमा नेताहरुबीच विचारविमर्श भएको उल्लेख गर्नुभयो ।
नेपाल राजनीतिक स्थिरतापछि आर्थिक विकास र समृद्धिमै केन्द्रित छ भन्दै उहाँले भारतको आर्थिक सहयोग लिएर त्यसको उपयोग गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबराले नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग भएकालेसम्बन्ध प्रगाढ बनाउन नेपालले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
ठूलो व्यापार घाटा भएको नेपालको विकासका लागि जलस्रोतको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले वषौँदेखि थन्किएको पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने बताए । भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले अहिले बनिरहेको राम्रो वातावरणबीच नै नेपाल भारत सम्बन्धलाई प्रगाढ पार्ने तथा विकासतर्फ अघि बढ्नुपर्ने औँल्याए।

क्लबमै आयोजित अर्को साक्षात्कारमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्षमणलाल कर्णले केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विचार पार्टीले तत्काल नबनाएको स्पष्ट पारे।

Sagarmatha

उहाँले मधेशी, आदिवासी, थारु आदिको अधिकार दिन एमाले प्रष्ट नभएसम्म उसको नेतृत्वको सरकारमा जाने वातावरण नबन्ने भन्दै, “मधेशी जनताको अपेक्षा र आकांक्षाअनुसार तिनको अधिकारको पक्षमा संविधान संशोधन हुनुपर्छ । नेपाल र भारत का हजारौँ छोरीबेटी भारत र नेपालमा बिहेवारी गरेर बसेकाले दुई मुलुकबीच खुला सिमाना कायम हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार  १२ : ४१ बजे