५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

दुई कर्मचारी विरुद्ध मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा नगेन्द्रप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग २ लाख ३४ हजार घुस लिँदालिँदै पक्राउ परेको आरोप लागेका नायब सुब्बा गौतमका विरुद्ध शुक्रबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजाय माग गरेको प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए ।
यसैगरी आयोगले आजै काठमाडौँ महानगरपालिकाको भवन निर्माण इजाजत विभागका इञ्जिनियर सुशील चापागाईंविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले केही दिन पहिले १० हजार घुससहित इञ्जिनियर गौतमलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार  २ : ४३ बजे