विराटनगर । प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज पदबहाली गरेका छन् ।
आफ्नो पदबहाली गरेपछि शुक्रबार नै उनले प्रदेशसभा भवन तथा मुख्यमन्त्री, प्रमुख सचिव र विभिन्न मन्त्रालय रहने कार्यालयको अनुगमन र निरीक्षण गरेका थिए ।
सो अवसरमा उनले सञ्चारकर्मीसँग कुरा गर्दै माघ २२ गते हुने प्रदेशसभा अधिवेशनका लागि सभा भवनको काम तीव्र रुपमा भइरहेको र मन्त्रालयको भवन तोक्ने काम शनिवारसम्म निर्णय हुने जानकारी दिए । विराटनगर अस्थायी मुकाम कायम भएपछि शुक्रबारसम्म प्रमुख सचिव र चार प्रदेश सचिव विराटनगर आइसकेका छन् ।
१९ माघ २०७४, शुक्रबार
84
Shares







