७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

प्रमुख सचिवको पदभार ग्रहण


२४ माघ २०७४, बुधबार  

7
Shares

जनकपुरधाम, प्रदेश नं २ का प्रमुख सचिव राजेश्वरमान सिंहले यो प्रदेशमा पर्यटन, कृषि र उद्योग प्रवद्र्धनको सम्भावना अधिक भएको बताएको छ ।

उहाँले जनकपुरधाममा आज पदभार ग्रहण गर्दै प्रदेशमा विद्यमान विकासका सम्भावनालाई कार्यरूप दिनमा सबैको अग्रसरतामाथि जोड दिए ।

प्रदेश नं। २ को समृद्धि र विकासका लागि एकजुट भई सहकार्य गर्नुपर्ने धारणा समेत राख्नुभयो । प्रदेश नं २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने बताइएको छ ।

सोमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ,आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय जनकपुर चुरोट कारखाना परिषरमा राख्ने जनाइएको छ ।

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय भवनमा समाजिक विकास मन्त्रालय, महिला तथा बालबालिका कार्यालय भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भवनमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई व्यवस्थापन गर्ने बताइएको छ ।
प्रदेश प्रमुखको कार्यकक्ष सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भवनमा व्यवस्थापन गरिएको छ ।

त्यस्तै मुख्यमन्त्री र मन्त्रीहरूको आवास जनकपुर चुरोट कारखाना परिषरका भवनमा व्यवस्थापन गरिने छ । मन्त्रालय र आवास रहने भवनको मर्मत सम्भार युद्धस्तरमा भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार  १० : ०९ बजे