२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन ः नेता नेपाल


२५ माघ २०७४, बिहिबार  

7
Shares

धनगढी, नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएको छ ।

धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताएको छ ।

उहाँले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताउनुभयो । नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताए।

Sagarmatha

कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उहाँले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाउनुभयो । संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्रस्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिनुभयो । कैलालीको टीकापुरमा आजदेखि शुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न नेता नेपाल यहाँ आएको हो ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार  ८ : ०१ बजे