२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

जापानी अनुदान विद्यालय पुनःनिर्माणमा


२५ माघ २०७४, बिहिबार  

35
Shares

काठमाडौँ, जापान सरकारले धादिङको विकट गाउँ सेर्तुङमा अवस्थित विद्यालय भवन निर्माण गर्न रु ९२ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँस्थित जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंकेश गुरुङले हस्ताक्षर गर्नुभयो । विसं २०७२ को भूकम्पबाट भत्केको च्याम्रादेवी माविको भवन निर्माण गर्न जापान सरकारले विद्यालय व्यवस्थापन समितिलाई सोझै अनुदान उपलब्ध गराउन लागेको हो ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार  १२ : ३३ बजे