काठमाडौँ, महाशिवरात्रिका अवसरमा कामपा–३२, पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर र बालाजु गोलढुङ्गास्थित वाणेश्वरमा आज बिहानैदेखि भीड लागेको छ ।

सो शिवालयमा भारतीय साधुहरुको पनि सहभागिता रहेको नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताए । तीन सय वर्ष पुरानो नागेश्वर९गर्ग ऋषिले तपस्या गरेको स्थल०मा दर्शन गर्नाले कालसर्प दोष र मुद्दामामिलाजस्ता झण्झट हट्ने तथा वाणेश्वर९पुरानो मृगस्थली पनि भनिने वाणासुरले तपस्या गरेको स्थल० मा दर्शन गर्नाले आसुरी प्रवृत्ति हट्ने मान्यता रहेको बताए । नागेश्वर तीन सय वर्ष र वाणेश्वर वर्ष पुरानो मन्दिर मानिन्छन् ।







