काठमाडौं । बाहिङ भाषाको गीति एल्बम ‘एमा’ (आमा) मा रहेको शीर्ष गीत ‘एमा’को स्टुडियोमा छायाङकन भएको भिडियो सार्वजनिक भएको छ । सन्ध्या म्यूजिकको युट्युब च्यानलबाट एमा बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा आमाले सन्तानको लागि गरेको संघर्ष र दुःखको बारेमा यथार्थ चित्रण गरिएको छ । सन्तानको लागि आमाले जीवनभरि गरको सेवा र अशिक्षित र पुरुष प्रधान समाजमा एउटी आमाले भोग्नु परेको दुःखलाई शब्दमार्फत गीतमा उतारिएको छ ।
करुणा बाहिङको आवाजमा रहेको एमा बोलको गीतलाई बलबहादुर बाहिङले संगीत भरेका छन् । शब्द रचना दुर्गा रुम्दालीले गरेका छन् । गीतलाई पुष्कर सुनुवारले एरेञ्ज गरेका छन् ।
नेपाली सांगीतिक आकाशमा उम्दा ताराको रुपमा उदाउँदै गरेका गायक/संगीतकार बलबहादुर बाहिङको परिवारका सबै सदस्य सांगीतिक क्षेत्रमा भविष्य खोज्दैछन् । उनको परिवारमा श्रीमती, छोरा र छोरी छन् । उनीहरु सबैले गीत गाउँछन् ।
बाहिङको ‘ए सान्नानी’, ‘हजुर पानफूल’, बाहिङ भाषाको गीति एल्बम ‘एमा’ लगायत थुप्रै गीति एल्बम बजारमा आइसकेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
२ फाल्गुन २०७४, बुधबार
2.1k
Shares







